गायक प्रकाश सपुत फेरि किन परे विवादमा ? (भिडियो)


१९ मंसिर २०८०, मंगलवार
Untitled 2 NBDYWofOXn

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा तानिएका छन् । यतिखेर उनको एक भिडियो क्लिपलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरू भएको हो । करिब चार महिना बजारमा आएको खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको गीत ‘कमाउने नी हो, रमाउने नी हो’ को भिडियो अहिले विवादमा आएको हो ।

सपुत र मोडल जुना विश्वकर्मा वसन्तपुरको कुमारी घर नजिकैको इनारमाथि उभिएर नाचेका छन् । कुमारीको मुख धुन र स्नान गराउन उक्त इनारको पानी प्रयोग गर्ने ठाउँमा उनीहरू नाचेपछि आलोचना भइरहेको छ ।

कलाकारहरूले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । सत्य शर्मा नामका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘वसन्तपुर स्थित यो इनारको आफ्नै पौराणिक तथा ऐतिहासिक छ। यसलाई अपवित्र गर्नु हुँदैन । स्थानीय सरोकारवाला तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस र यथाशीघ्र पहल गरियोस् ।। धार्मिक आस्थाको सम्मान गरौं ।‘

यस्तै, सुरेन्द्र महर्जन लेख्छन्, ‘काठमाडौंबासीले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदाहरूलाई उचित संरक्षण गर्न नसक्नु विडम्वनापूर्ण छ ।’ विनोद महर्जनले भने हिट हुनका लागि सम्पदामाथि प्रहार नगर्न सुझाव दिएका छन् ।
गीतमा भने इनारको दृश्य छैन । तर, अहिले विवादमा आएको भिडियोमा भने इनार देखिएको छ । प्रकाश सपुतका म्युजिक भिडियो प्रायः विवादित हुने गरेका छन् । यसअघि उनको गीत ‘पिर’ पनि विवादमा थियो ।

गीतको दृश्यलाई लिएर सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका थिए । आपत्तिजनक मानेका दृश्य सम्पादन गरेर सपुतले पुन भिडियो अपलोड गरेका थिए । यस्तै, ‘सकम्बरी’ बोलको गीत पनि विवादमा रह्यो । यसमा महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको आरोप सपुतमाथि लगाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७