लेखा समितिको वैठकमा एनसेल शेयर खरिद–विक्री रोक्न सांसदहरुको माग


२० मंसिर २०८०, बुधबार
Gokul baskota 1701855165

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले एनसेल खरिद–बिक्री प्रकरणमा सरकारले कानुनको पालना गराउँछ कि गराउँदैन भनी प्रश्न गरेका छन् । आज (बुधबार) लेखा समितिको बैठकमा उनले लगानी गर्दा नियम कानुनमा रहनु पर्ने बताए ।

‘आजियाटाले बेचेको र स्ट्रिपले किनेको विषयमा सरकारको अडान र लबि शेयर नामसारीसम्बन्धी सबैले मान्नुपर्छ । मनाउने सरकारसँग त्यो तागत छ कि छैन ? प्राधिकरणसँग छ कि छैन । सरकारले कानुन परिपालना गराउँछ कि गराउँदैन ?’ बाँस्कोटाले सोधे । उनले अहिले भइरहेको कुरा रोक्नुपर्ने बताए । ‘लगानीकर्ता असुरक्षित हैन, देश र नागरिकले लाभ लियोस् । अहिले भइरहेको कुरा रोक्नुपर्छ । बाहिर कराएर हुँदैन’, बाँस्कोटाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७