अमेरिका पठाई दिन्छु भनि ६५ लाख ठग्ने पक्राउ


२१ मंसिर २०८०, बिहीबार
ramesh

काठमाडौँ । अमेरिकामा तीन लाखको रोजगारीमा लगाई दिने लोभ देखाएर एक व्यक्तिले पाँच जनाबाट ६५ लाख ठगी गरेका छन् ।

कैलालीको टीकापुर घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेले गणेश अधिकारीलगायत पाँच जनाको यसरी पैसा कुम्याएर भागेका खुलेको हो । पैसा लिएर न्यौपाने सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसबापत प्रतिव्यक्ति ४५ लाख लाग्ने बताएर उनले रकम लिएका अनुसन्धानमा खुलेको छ । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विभिन्न लोभ देखाएर उनले पीडितबाट पटक पटक गरी ६५ लाख ४५ हजार लिएका थिए । त्यसपछि परेको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको रेग्मीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७