विष्णु किरातीले ल्याए ‘सुनौंलो एक दिन’ गीतको म्युजिक भिडियो (भिडियोसहित)


२२ मंसिर २०८०, शुक्रबार
kirati

काठमाडौं । गीतकार विष्णु किरातीले नयाँ गीत ‘सुनौंलो एक दिन’ को म्युजिक भिडियो ल्याएका छन् । राजेश ‘पायल’ राई र सुनिता सन्यक लिम्बूको स्वरमा सजिएको गीतमा ताराप्रकाश लिम्बूले संगीत भरेका छन् ।

संजीव बराइलीले एरेञ्ज गरेको गीतको चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् । निकेश खड्काले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गीतकार विष्णु किराती र गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोको निर्माण मचिन्द्रबहादुर राईले गरेका छन् ।
गीतकार विष्णु किरातीको शब्द रहेको गीत यसअघि पनि बजारमा आइसकेको छ । सुनिता सन्याक लिम्बु र नोगेन लिम्बुको स्वर रहेको ‘पानी है पर्‍यो’ बोलको गीत उनले यसअघि बजारमा ल्याएका थिए ।

यस गीतमा संगीतकार तारा प्रकाश लिम्बूको संगीत रहेको छ । पूर्वेली भाका यो गीतमा चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने सहास शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा गायक–गायिका आफैले फिचरिङ गरेका छन् । छायाँकन र सम्पादन किरण राईको रहेको भिडियोको निर्माण मचिन्द्रबहादुर राईले गरेको हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७