रसुवा नाकाबाट भित्रिएको दुई किलो सुनसहित तीन जना पक्राउ


२२ मंसिर २०८०, शुक्रबार
Gold Price in Nepal
प्रतिकात्मक तस्विर

काठमाडौं । प्रहरीले नागढुङ्गाबाट दुई किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७