सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक


२३ मंसिर २०८०, शनिबार
Mohan Basnet 1 scaled

धुलिखेल । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताएका छन् ।

स्वास्थ्य सेवा सबैमा पुर्‍याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित स्रोत साधनले अधिक काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । मन्त्रालयको बजेट कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो ।

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा डा सगुन जोशी, अस्पतालका संरक्षक हिरोको मासुनागा, सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारबाट सुरु गरिएको सेवा अहिले काभ्रे जिल्लामा मात्र नभएर सिन्धुपाल्चोक, धनुषालायत क्षेत्रमा विस्तार भएकामा त्यसको सराहना गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७