सिरहामा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु, एक जना घाइते


२३ मंसिर २०८०, शनिबार
accident 2

सिरहा । सिरहाको औरही गाउपालिका– २ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् ।

ट्याक्टरको इन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिए । उनका अनुसार ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् । दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७