ईः को ललितपुर महानगर अगाडिको प्रदर्शनमा स्थानीयको अवरोध, पोस्टर च्याँतिदिए


२६ मंसिर २०८०, मंगलवार
e

ललितपुर । अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै आज (मंगलबार) दिउँसो ३ बजे महानगरपालिकाको प्राङ्गणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए ।

महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ÷बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो । स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्की समेत भएको थियो । स्थानीयले इ समर्थकको पोस्टर च्यातिदिएका छन् ।

यसअघि अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडौंको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए । असोज १० मा काठमाडौं महानगरपालिका र ईः बीच सम्झौता भएको थियो । यद्यपि उक्त सम्झौता अझै कार्यान्वयनमा आएको छैन । सो बेला अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्नेलगायत माग थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७