‘बेबी प्लान’ सहित अमेरिका उडेकी नायिका रेखा थापाको हेर्नुस् ‘प्रेगनेन्सी फोटोसुट’


२७ मंसिर २०८०, बुधबार
Rekha Thapa

काठमाडौँ । नायिका रेखा थापाले ‘बेबी बम्प’ देखाउँदै गरिन फोटासुट गरेकी छन् । अभिनेत्री रेखा थापा सन्तान जन्माउने योजनासहित अमेरिकातर्फ उडेकी छिन । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगेकी हुन ।

अभिनेत्री थापाले शनिबार बिहान श्रीमानको जन्मदिन मनाएका तस्विर पनि अमेरिकाबाटै पोस्ट गरेकी हुन् । थापाका अनुसार अमेरिकामा ‘बेबी प्लान’ उनको भन्दा पनि श्रीमानको चाहनामा हुँदैछ ।

बलरामको परिवार अमेरिकामा नै बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राति अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेकी थिइन । ती तस्विर अहिले केही अनलाइन सञ्चारमाध्यममा भाइरल भएका छन् । रेखा अमेरिकामा ५ महिना बस्ने छिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् ।
हेर्नुस् तस्वीरहरु

rekha thapa 1
Rekha thapa 2
Rekha thapa 4
Rekha thapa 5
rekha thapa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७