काठमाडौं विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये साढे ६ प्रतिशत विद्यार्थी विदेशी (फोटो फिचर)


२७ मंसिर २०८०, बुधबार
dixanta ku 5 scaled

काठमाडौं । काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म १२ प्रतिशत बढी विदेशी विद्यार्थी दीक्षित भएका छन् । आज (बुधबार) विश्वविद्यालयले गरेको दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म दीक्षान्त हुने विद्यार्थीहरूमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी भएको बताएका हुन् ।

dixanta ku 1

यस वर्ष पनि काठमाडौं विश्वविद्यालयबाट ६.१५ प्रतिशत विद्यार्थी दीक्षित भएको उनले बताएका छन् । ‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

dixanta ku 2

प्रधानमन्त्री प्रचण्डले यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण रहेको बताएका हुन् । यस क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक रहेको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको बनाउनुपर्नेमा जोड दिए। दीक्षित भएका विद्यार्थीहरूलाई नेपालमै बस्न पनि उनले आग्रह गरे ।

dixanta ku 3

‘आज दीक्षित हुने विद्यार्थीलाई म विशेष अनुरोध गर्न चाहन्छु-तपाईंहरू यहाँ आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने प्रयत्न गर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘थप अध्ययन र अनुभवका लागि विदेश जानुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्दछु ।’

dixanta ku 4
dixanta ku 5 1
dixanta ku 6
dixanta ku 7
dixanta ku 8
dixanta ku 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७