‘कथित पहिचान’ को नाममा एमालेलाई जिस्काए प्रतिकार गर्छौ : शरणकुमार राई


२७ मंसिर २०८०, बुधबार
saran kumar rai

भोजपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भोजपुरका अध्यक्ष शरणकुमार राईले कथित पहिचानको नाममा एमालेलाई जिस्क्याए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।

एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान भोजपुर भित्रिएसँगै राईले यस्तो चेतावनी दिएका हुन् । ‘पहिचानका नाममा राजनीति गर्दै कसैले एमालेविरुद्ध गडबडी गर्छ भने त्यसको प्रतिकार गर्छौ, हामी चुप लागेर बस्दैनौं’, उनले भने ।

पहिचानको नाममा एमालेमाथि आक्रमण गर्ने दुष्कर्म नगर्न पनि उनले चेतावनी दिएका छन् । ‘पहिचानको नाममा राजनीति गर्ने र त्यही बहानामा एमालेमाथि आक्रमण गर्ने दुष्कार्य हामीलाई स्वीकार्य छैन, हामी प्रतिकार गर्छौ’, उनले भने । उनले भने, ‘नेकपा एमालेलाई जिस्काउने र चलाउने काम नगरियोस्, हामी प्रतिकार गर्छौँ, नेकपा एमालेले कसैले नजिस्काओस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७