पूर्व मिस नेपाल श्रृंखलाले गरिन् बिवाह


२८ मंसिर २०८०, बिहीबार
shrikhala H8CSYCYW7K

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन् ।

काठमाडौँको होटल हायातमा अहिले उनीहरुको बिहेको समारोह चलिरहेको छ । शृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै बोलाइएको छ । बेहुली बनेकी श्रृंखला निकै खुसी देखिएकी छिन् । रातो सारी र गहनामा सजिएकी उनी निकै सुन्दर देखिएकी छिन् ।

श्रृंखला र सम्भव केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । यी दुईले आफ्नो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन् । श्रृंखलाले करिब दुई महिनाअघि सम्भवसँगको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७