चौमासिक समीक्षामा सरकार : सबै मन्त्री र सचिव सिंहदरबारमा (तस्वीरहरु)


२८ मंसिर २०८०, बिहीबार
pm 8

काठमाडौँ । सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका हुन् ।

जारी बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । उक्त छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्य योजना अनुसार कामहरू भए नभएकोबारे समेत छलफल हुनेछ ।

Chaumasik samikshya
sakari samikshya 2
sakar samikshya 1
sarkar samiksh 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७