सुर्तीजन्य पदार्थको बिक्री–वितरण रोक्ने महानगरको निर्णय अदालतले रोक्यो


२९ मंसिर २०८०, शुक्रबार
uchha adalat patan mK9r8DwUKI

काठमाडौँ । काठमाडौँ महानगरले हिजो (बिहीबार) देखि लागू हुने गरी महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्ने कार्य कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउने अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौँ महानगरको मंसिर १२ गतेको कार्यपालिका बैठकले (हिजो) देखि लागू हुने गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने निर्णय गरेको थियो । महानगरको उक्त निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले रिट दायर गरेको थियो । महानगरले नगर प्रहरी खटाएर सुर्तीजन्य पदार्थ बिक्री वितरण भए नभएको अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७