बृहत नागरिक आन्दोलनका २८ अभियन्ता पक्राउ (सूचीसहित)


२९ मंसिर २०८०, शुक्रबार
demo

काठमाडौँ । प्रहरीले बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । काठमाडौंमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्ने २८ जनालाई नियन्त्रणमा लिएको हो ।

आज (शुक्रबार) माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएको छ ।

१४ जना महिला र १४ जना पुरूष गरी २८ जना नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् । बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन गरेका हुन् । उनीहरूले रत्नपार्कबाट र्‍याली निकालेर भद्रकाली पुगेका थिए । त्यहाँबाट माइतीघरतर्फ आउन खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो । त्यसयता शान्ति बाटिकामा प्रदर्शन हुँदै आएको छ । तर यसरी प्रदर्शन गर्ने ठाउँहरूमा निषेधित तोकेर वाक स्वतन्त्रता हनन भएको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन् ।

यी हुन् पक्राउ परेकाहरु

१ मनिषा साह (आरती साहकी बैनी)

२ निर्मलादेवी साह (आरतीकी आमा)

३ विनोदप्रसाद साह (आरतीका बुबा)

४ प्रेम साह (आरतीका दाइ)

५ सिता माझी (मिटर ब्याज पीडित)

६ मुना केसी (मिटर ब्याज पीडित)

७ गोबिन्द छन्त्याल

ल्बदष् िद्यबलपक्बनबचmबतजब ऋझभलत
८ अभिषेक भुल

९ निर्ग नविन (मिटरब्याज पीडित)

१० नविन तिवारी

११ हरिशंकर दुवे (मिटरब्याज पीडित)

१२ बसन्त रंजितकार

१३ शक्ति वंसकार

१४ शिशिर उप्रेती

१५ सन्जिव उप्रेती

१६ अभय श्रेष्ठ

१७ बोध कुमारी गिरी (मिटर ब्याज पीडित)

१८ प्रकाश रैदास (मिटर ब्याज पीडित)

१९ सम्सु निसा (मिटर ब्याज पीडित)
२० फातमा खातुन (मिटर ब्याज पीडित)

२१ शारदा कुर्मी (मिटर ब्याज पीडित)

२२ तैयव मन्सुर (मिटर ब्याज पीडित)

२३ निलम पोखरेल (मिटर ब्याज पीडित)

२४ सरिता श्रेष्ठ (मिटर ब्याज पीडित)

२५ गीता नेपाल पाण्डे (मिटर ब्याज पीडित)

२६ चन्द्रकला ओली आचार्य (मिटर ब्याज पीडित)

२७ गुन्ज गुरुङ (मिटर ब्याज पीडित)

२८ प्रणेता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७