प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


३० मंसिर २०८०, शनिबार
nijgadh protest

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले निजगढस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।

घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतकका परिवार पक्षले राजमार्ग बन्द गराएको हो । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७