पाँचथरमा यस्तो देखियो एमाले ‘संकल्प यात्रा’ को अन्तिम सभा, गाउँ–गाउँबाट झाँकी (तस्वीरहरु)


३० मंसिर २०८०, शनिबार
kp 9

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गतको अन्तिम आमसभा पाँचथरको फिदिममा सुरु भएको छ । आमसभामाअघि एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेता तथा कार्यकर्ताहरूको र्‍यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।

kp 1 4

सदरमुकाम फिदिममा आयोजित कार्यक्रमलाई शनिवार दिउँसो अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका छन् । आफ्नो गृह जिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम आइपुगेका हुन् । बिहान फिदिम पुगेका अध्यक्ष ओलीले पुष्पलाल स्मृति परिषद्को कार्यालय उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन पछि विभिन्न जातीय भाँकीसहितको ¥यालीमा सहभागी हुँदै ओलीले नगर परिक्रमा गरेका थिए ।

kp 2 4

जनसभामा विभिन्न साँस्कृतिक कार्यक्रम समेत भइरहेको छ । सभामा सहभागी हुन गाउँ–गाउँबाट झाँकीसहित सहभागी उपस्थित भएका छन् । र्‍यालीमा सहभागीहरूले जातीय पहिरन र पोसाक लगाएका छन् । लिम्बू समुदायको सघन बसोबास रहेको पाँचथर फिदिमको कार्यक्रममा सहभागी हुन ताप्लेजुङसहित इलाम झापालगायतका जिल्लाबाट समेत नेता–कार्यकर्ता सहभागी भएका छन् । एमालेको सभालाई अवरोध गर्ने गरी पहिचान वादीले बन्दको आव्हान गरे पनि यसको असर देखिएको छैन ।

kp 3 3
kp 4 2
kp 5 1
kp 6 1
kp 7 1
kp 8 1
kp 9 1
kp 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७