सरकारको काम हेर्दा १०० मा १० अंक मात्रै दिन्छु : गगन थापा


१ पुष २०८०, आईतवार
Gagan Thapa

पर्वत । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारको कामप्रति असन्तुष्टि प्रकट गरेका छन् । कांग्रेस पर्वत क्षेत्र नं १ प्रदेश सभा (क) को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारको कामप्रति जनता मात्र नभई आफ्नो दलसमेत असन्तुष्ट रहेको बताएका हुन् ।

‘अहिलेको सरकारले १०० मा १० अंक मात्र प्राप्त गर्ने काम गरेको हुँदा अब अंक बढाउने काम गर्नुपर्छ,’ उनले भने । यद्यपि, एमालेलाई सरकारको नेतृत्व दिन भने नसकिने थापाको भनाइ छ ।

‘बा (केपी ओली) हामी सरकारमा नगएसम्म देश बन्दैन भन्दै देश दोडाहामा हुनुहुन्छ,’ महामन्त्री थापाले भने, ‘उहाँ सरकारमा गए देश होइन, पुनः संसद् विघटन हुन्छ ।’ चुनावअघि राष्ट्रिय दलले गठबन्धन गर्न नमिल्ने गरी निर्वाचन कानुन संशोधन गर्नुपर्ने धारणा राख्दै उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै होमिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७