२०८० पुस २ गते सोमबारको तपाईको राशिफल

मंसिर शुक्ल षष्ठी पञ्चाङ्ग : वज्र तैतल शतभिषा


२ पुष २०८०, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिने छन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्ने छ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घर परिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खानेकुराप्रति सजग रहनु होला । खर्च बढ्ने र आफूलाई कमजोर भएको महसुस हुनेछ, तर साँझमा नयाँ र शुभ समाचार पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होशियार रहनु पर्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७