एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि, के–के छन् एजेण्डा ?


२ पुष २०८०, सोमबार
Samajbadi 1
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (सोमबार) बाट सुरु हुँदैछ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७