सर्वोच्चमा प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ सकियो, निर्णय पुस ४ गते


२ पुष २०८०, सोमबार
Nyayadhish

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको संसदीय समितिमा सुनुवाइ सकिएको छ । शुक्रबारदेखि सुरु भएको सुनुवाइ आज (सोमबार) सकिएको हो । प्रस्तावित न्यायाधीशको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७