माओवादीले डाक्यो पदाधिकारी बैठक


२ पुष २०८०, सोमबार
PM Prachanda1701660687

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिका बारेमा छलफल हुने सापकोटाले नेपालखबरलाई बताए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । सापकोटाका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि बैठकमा समीक्षा हुनेछ । माओवादीको सो अभियान पुस १५ गते समापन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७