भारतको तामिलनाडुमा भारी वर्षा, रेल र हवाइ सेवा बन्द


३ पुष २०८०, मंगलवार
1 rail banda 3O9LW6TbYL

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन्। वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलंकाको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् । अभूतपूर्व वर्षाले धेरै क्षेत्र जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसमा बिदा दिइएको छ । अहिलेसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरमा राखिएको छ ।

बाढीका कारण थुथुकुडीमा सडक पनि भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ । भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरूद्ध बनेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७