माओवादी केन्द्रको आज पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?


३ पुष २०८०, मंगलवार
maobadi samsadiya dal 25 poush1673250481

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (मंगलबार) बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बोलाइएको छ ।

बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ । अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने ढकालले बताए ।

माओवादीले मंसिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७