ओरालोमा ‘ब्रेक फेल’ भएर अछाममा जीप दुर्घटना : १३ जना घाइते


३ पुष २०८०, मंगलवार
jeep accident 1

अछाम । अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जीप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएकोे भे१च २५७६ नंको जीप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एक जना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासी ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७