विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशको निर्णय


४ पुष २०८०, बुधबार
bagmati

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको मन्त्री दुलालले बताए । स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७