कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा एक्लै लड्नु पर्छ : कोइराला


५ पुष २०८०, बिहीबार
sekhar koirala

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लैले लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ ।

मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताए । अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।

डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् । मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,’ उनले थपे, ‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनताले जान्न चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७