भिजिट भिसामा मानव तस्करी : ट्राभल्स एजेन्सीका सञ्चालकसहित थप दुई जना पक्राउ


५ पुष २०८०, बिहीबार
thag pix 1703157959

काठमाडौं । भिजिट भिसामा मानव तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० घर भएका एड्भिका टर्स एण्ड ट्राभल्सका सञ्चालक ३२ वर्षीय बुद्ध लामा, र हुम्लाको सर्केगाड गाउँपालिका–६ घर भएका २६ वर्षीय कमलराज हमाल छन् । यी दुई जनासँगै भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३६ पुगेको छ ।

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, दुईतर्फीको नक्कली हवाई टिकट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ । पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७