२०८० पुस ९ गते सोमबारको तपाईको राशिफल

मंसिर शुक्ल चतुर्दशी पञ्चाङ्ग : शुभ गर रोहिणी


९ पुष २०८०, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महिला वर्ग बाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा निरास र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन पनि सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ–हानी, आय–व्यय र सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक कार्यमा रुचि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्ने र लाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कुनै कुराले मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । नसोचेको ठाउँबाट धनागमनको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७