प्यूठानमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए आमा–छोरा


९ पुष २०८०, सोमबार
latest News nayapage1 scaled

प्युठान । प्यूठानमा आमा–छोरा मृत फेला परेका छन् । झिमरुक गाउँपालिका–३ पिपलारुख भन्ने स्थानमा आमा–छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

३८ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का काफलको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका श्रीमान मजदुरीका लागि भारत गएका छन् । घटनास्थलमा पुगी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७