टीआरसी विधेयकमा तीन दलबीचको छलफल सकारात्मक


९ पुष २०८०, सोमबार
sirsa neta

काठमाडौं । संक्रमणकालीन न्यायासम्बन्धी विधेयक (टीआरसी) लाई आगामी संसद बैठकमा अगाडि बढाउने तीन दलका शीर्ष नेताहरूबीच समझदारी बनेको छ । आज (सोमबार) बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबी समझदारी बनेको हो ।

प्रमुख प्रतिपक्षी दलका सचेतक पदम गिरीले सरकार पीडितलाई न्याय दिनेगरी कानुन बनाउने तयार देखिएकाले यसलाई आगामी संसद बैठकमा लैजाने सहमति बनेको बताए । ‘टीआरसीलाई निष्कर्षमा पुर्‍याउनु पर्ने यो देशको साझा दायित्व हो । एमाले त्यसको लागि तयार छ । तर, हामीले पहिल्यैदेखि टीआरसीलाई पीडित केन्द्रित कानुन बनाउनुपर्ने जोड दिँदै आएको छ । सरकार त्यसमा तयार देखिएको छ । आगामी संसद बैठकमा टीआरसी विधेयक अगाडि बढ्छ,’ उनले भने ।

पीडित केन्द्रित कानुन बनाउने विषयमा सरकार पहिलोपटक लचिलो देखिएको सचेतक गिरीले बताए । सरकार मनैदेखि पीडितको पक्षमा कानुन बनाउन तयार हुनुपर्ने उनको भनाइ छ । ‘सरकार पीडितको पक्षमा छ कि छैन भन्ने हाम्रो प्रश्न हो। पीडितलाई केन्द्रमा राखेर उनीहरूले न्याय पाउने कुरामा सुनिश्चितता दिन सरकार मनैदेखि तयार छ भने एमाले सरल ढंगले अगाडि बढ्छ,’ उनले भने ।

उनले क्रूर हत्यालगायातका विषषयमा कानुनमा कसरी सम्बोधन गर्ने विषयमा खुला छलफल हुनुपर्ने बताएका छन् । उनले कानुन बनाइसकेपछि त्यसलाई कसरी कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल हुनुपर्ने बताए । ‘कानुन बनाउने कुरामात्र होइन। कानुन बनेलगत्तै आयोग बनाएर यसलाई पूर्णरूपले कसरी टुंग्याउने भन्ने विषय पनि छ । यसमा राजनीतिक दलहरूबीच समझदारी हुन जरुरी छ । राजनीतिक दलबीच समझदारी बिग्रियो भने यो पनि बिग्रिन्छ भन्ने हाम्रो ठम्याई हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७