सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री


१० पुष २०८०, मंगलवार
prachanda 1 4 scaled

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको भ्रुण रोप्ने कोशिस भइरहेको बताएका छन् । आज (मंगलबार) माओत्सेतुङ १३० औं जन्मजयन्तीको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले चुनौतिका बीचमा समाजवादका भ्रुण रोप्ने कोशिस भइरहेको बताएका हुन् ।

prachanda 2 8

प्रचण्डले हिजोको माओवादी भन्दा जस्तो थियो उसैगरी समाजवादी क्रान्तिमा ठाउँमा पुर्‍याउन लाग्नुपर्ने धारणा राखे । युवाले अध्ययन गरे विचारको विकास र संश्लेषणगरेर पार्टीको विकास गर्न उनले अपील गरे । प्रचण्डले आफ्नो कार्यशैलीमा परिवर्तन ल्यायो भन्ने जनताले देखुन् भन्ने किसिमले काम गर्ने तयारी गरेको बताए ।

आज राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिँदै उनले यस अगाडि गरेका काम र आगामी प्राथमिकताबारे जानकारी गराउने बताए । ‘मैले अहिले सिंहदरबारको कामलाई मन्त्रालय र मन्त्री–सचिवहरुले कति काम गरे / गरेनन्, किन गरेनन् के भयो ? भन्नेबारेमा आफैं १० बजे सिंहदरबारमा उपस्थित हुने र मन्त्रालयसँग छलफल गर्ने र परिणाम गर्ने गरी तयारी गर्ने भनेको छु’, उनले भने, ‘आज जनतासँग आफूले सुरु गरिसकेको कुरा भन्छु र गर्ने लक्ष्यहरु पनि भन्छु ।’

prachanda 3 5

उनले यस अगाडि केहि रेकर्ड बनेका भए पनि अर्को वर्ष धेरै रेकर्ड बन्ने गरी काम गर्ने बताए । उनले सरकारका प्राथमिकता पनि जानकारी गराउने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे प्रचण्डले सरकारको नेतृत्व एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७