गठबन्धन सरकार लाचार छ, काम गर्ने क्षमता छैन : महेश बस्नेत


११ पुष २०८०, बुधबार
mahesh

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले सरकारबाट हटेपछि विकास निर्माणका अधिकांश योजना अलपत्र परेको बताएका छन् । आज (बुधबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको घ्याम्पेडाँडा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्दै बस्नेतले एमाले सरकारले सुरु गरेका सबै योजनाको सरकारले बजेट कटौती गरेको बताएका हुन् ।

सरकार परिवर्तन भएका कारण भइरहेका योजनाको काममा पनि ढिलाइ भएको भन्दै उनले आलोचना गर े। ‘यो सरकार लाचार छ, यसको काम गर्ने क्षमता र दक्षता छैन, सरकाले योजना कार्यान्वयन गर्न सकेको छैन, निर्माण व्यवसायीलाई काम गरेको रकम भुक्तानी गर्न सकेको छैन’, बस्नेतले भने ।

विकास, समृद्धि, राष्ट्रिय एकता, जनता बिच सद्भाव, धार्मिक सहिष्णुता एमालेको संकल्प भएको र चुनावको हार जितले पार्टीलाई कुनै असर नपर्ने बस्नेतले बताए । एमालेले बोकेको संकल्प, विचार र कार्यक्रम सही भएकोले कुनै बेला हारे पनि एमालेको जीत सुनिश्चित भएको बस्नेतले दाबी गरे । एमाले विरुद्ध फिँजाएको भ्रम अब चिरिसकिएकाले कसैले भ्रम फिँजाउन आउने आँट नगर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७