राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पुर्‍याउने हैसियत कांग्रेससँग छ : गगन थापा


१४ पुष २०८०, शनिबार
gagan thapa 1

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउन सक्ने हैसियत कांग्रेससँग भएको चेतावनी दिएका छन् ।

आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे । उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए ।

उनले कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गरे । उनले बालकुमारीमा बिहीबार भएको घटनाप्रति दुःख व्यक्त गरे ।
महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७