बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक (तस्वीरहरू)


१४ पुष २०८०, शनिबार
cabinet prachanda news pic 2 scaled

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक केही बेरअघि शुरू भएको हो ।

cabinet prachanda news pic 1

बैठकले हिजो (शुक्रबार) ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको विषयमा पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको निर्णय गर्ने बताइएको छ ।

cabinet 2

आज बिहान बालुवाटारमै प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखरहरूको बैठकले शुक्रबारको घटनाबारे विभिन्न निर्णय गरेको थियो । मृतकका परिवारलाई १०/१० लाख दिनेदेखि प्रहरी अधिकारीको निलम्बन र कर्मचारीहरूको कारबाहीबारे निर्णय भएको थियो । ती निर्णयहरूलाई आवश्कताअनुसार जारी मन्त्रिपरिषद्को बैठकले औपचारिकता दिनेछ ।

cabinet 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७