म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी : म्यानचेस्टर युनाइटेड पराजित


१५ पुष २०८०, आईतवार
f 3

काठमाडौँ । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गए राति भएको खेलमा सिटीले सेफिल्डलाई २–० गोलले हरायो । जितसँगै सिटी तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १९ खेलमा ४० अंक भएको छ ।

अर्को खेलमा एस्टनभिल्लाले बर्नलीलाई ३–२ गोलले हरायो । एस्टनभिल्लाले शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । तर २० खेलमा ४२ अंककासाथ एस्टन भिल्ला दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक रहेको छ ।

गए राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड नटिङ्घम फरेस्टसँग २–१ गोलले पराजित भयो । युनाइटेड २० खेलमा ३१ अंककासाथ सातौँ स्थानमा छ । अरु खेलमा चेल्सीले लुटन टाउनलाई ३–२ गोलले र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७