सवा करोड घुस प्रकरण : कुश्माका कार्यकारी अधिकृत जेल चलान


१७ पुष २०८०, मंगलवार
udayabahadur

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित चार जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयमा हुँदा कार्यक्षेत्र विस्तारको नाममा मित्रमिलन सहकारीसँग घुस लिएको आरोपमा पक्राउ परेका पराजुलीलाई मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश ऋषिराम आचार्यको इजालसले पराजुलीसहित सहकारी सञ्चालक बुद्धिसागर पौडेल, राजु बराल र गोपाल खनाललाई थुनामा पठाएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पराजुलीमाथि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप छ । मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलले पराजुलीले १ करोड २५ लाख लिएको र २० लाख फिर्ता गरेको बयान दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७