२०८० पुस १९ गते बिहीबारको तपाईको राशिफल

पुष कृष्ण अष्टमी पञ्चाङ्ग : अतिगंड बालव हस्ता


१९ पुष २०८०, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घर परिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सेवामूलक कार्यबाट सफलता मिल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पनि पार्न सक्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७