राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न आज एमाले सचिवालय बैठक बस्दै


२० पुष २०८०, शुक्रबार
cpn uml baithak 1536x1024 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः४५ बजे बस्ने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ । बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७