राष्ट्रियसभाको सीट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै


२१ पुष २०८०, शनिबार
atta e1679142571605

काठमाडौं । सत्ता गठबन्धन बैठक आज (शनिबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बैठक बोलाइएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा सिट बाडँफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा केही असन्तुष्टि बढेको छ । राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने सहमति लगभग भएको छ । एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा दलहरू अहिले छलफलमा छन् । राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७