सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने


२१ पुष २०८०, शनिबार
Satta gathabandhan baithak

काठमाडौं। सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमालेलाई राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए । सोही अनुसार बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । तर आज बसेको गठबन्धनको बैठकले एमालेलाई नसमेट्ने सहमति गरेसँगै यो विषय बन्द भएको छ ।

अब प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट हुने भएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

उनले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्नेछ । सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ । गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरुबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ । सरकारमा सहभागी दलहरुको गठबन्धनले चुनाव लड्छ ।’

उनले भने, ‘सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले दाबी गर्नुभएको छ, पार्टीहरुले । साँझसम्ममा टुंगोमा पुग्छौँ । सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा वृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो । तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौँ ।’ प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७