रवि भन्छन्, ‘लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन’


२१ पुष २०८०, शनिबार
Rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्लाहीको बरहथवा घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । आज (शनिबार) सामाजिक सञ्जालमार्फत उनले घटनासँग सम्बन्धित सबैलाई जवाफदेही बनाउन माग गरेका हुन् ।

बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैंयाको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । सभापति लामिछानेले गोली प्रहार गर्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘…लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आमजनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ’, उनले लेखेका छन् । उनले पीडित पक्षलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७