सरकार र दलहरुले राम्रो काम गरेनन् : रामवरण यादव


२१ पुष २०८०, शनिबार
rambaran yadav nh m
फाइल फोटो

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आज (शनिबार) काठमाडौँमा ‘बिपी वाद’ नामक पुस्तक लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अहिलेको सरकारले र अहिलेको नेपाली काँग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।

उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए । उनले दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गरे । उनले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको स्मरण गराए । उनले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताए । प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व जोगाउन आम जनताहरु एक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७