उच्च अदालतका ३९ नव नियुक्त न्यायाधीशले लिए शपथ


२३ पुष २०८०, सोमबार
Sapath

काठमाडौँ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसकेका छन् भने न्याय सेवा र सरकारी वकिलबाट चारजना अधिकृत न्यायाधीशमा नियुक्त भएका छन् । साथै नौं जना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७