पोर्चुगल पठाइ दिन्छु भन्दै १२ लाख ठगेर फरार महिला पक्राउ


२४ पुष २०८०, मंगलवार
Shiba Neupane

काठमाडौं । रोजगारीका लागि पोर्चुगल पठाइ दिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छन् ।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन् । उनलाई आज सोमबार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ ।

यस्तै माल्टा पठाइदिन्छु भन्दै आठ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन् । उनले माल्टामा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि नौ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७