कोशीकाे सभामुखका लागि आज दिउँसो निर्वाचन, राप्रपाले पाउने लगभग पक्का


२४ पुष २०८०, मंगलवार
koshi

मोरङ । कोशी प्रदेशमा सभामुखको टुङ्गो लगाउने दलहरू छलफलमा जुटेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुख पाउने लगभग पक्का भएको छ । यसका लागि ठूला दलहरूको बैठक अहिले बसिरहेको छ ।

राप्रपाले सभामुख पाउने भएपछि अम्बरबहादुर बिष्टलाई अघि सार्ने निर्णय गरेको छ । सभामुख चयन प्रक्रिया आजै सुरु गर्ने तयारी छ । प्रदेशसभा बैठकको कार्यसूची तय भएपछि मात्र बैठकको निर्णय सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । तर, राप्रपा स्रोतले भने झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टलाई सभामुख बनाउने निर्णय भइसकेको जानकारी दियो ।

राप्रपाले बैठक सक्दैगर्दा सदनमा प्रतिनिधित्व गर्ने अन्य दलहरूको संसदीय दलको बैठक जारी छ । एमाले, कांग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक जारी छ । एमालेले भने तत्काल सभामुखको निर्वाचनले राष्ट्रियसभा निर्वाचनको आचारसंहिताविरुद्ध हुने भन्दै चुनावपछि सभामुख चयन गर्नुपर्ने बताउँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७