राप्रपाका अम्बर विष्ट कोशी प्रदेशको सभामुख बन्दै, एमालेले सघाउने


२४ पुष २०८०, मंगलवार
Ambar Bahadur Bista

मोरङ । कोशी प्रदेश सभाले आज (मंगलबार) सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुङ्गो लगाउन कार्य व्यवस्थामा सहमति भएको जानकारी दिइन् । सत्तारुढ दलहरू राप्रपालाई सभामुख दिन सहमत भएका छन् ।

राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने तयारी गरेको छ । योसँगै सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने लगभग पक्का देखिएको छ । सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ ।
एमालेले सभामुखमा राप्रपालाई सघाउने
यता नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुखमा सघाउने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७