सिरहामा मिटर ब्याजपीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ


२४ पुष २०८०, मंगलवार
miter byaj pidit mathi khukuri prahar

सिरहा । सिरहामा मिटर ब्याजपीडितमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका घर भएका रामबाबु साह छन् ।

साहले सोही ठाउँका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास गरेका थिए । सोमबार खुकुरी प्रहारको प्रयास गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । भिडिओ भाइरल भएपछि मंगलबार इलाका प्रहरी कार्यालय मिर्चैयाले साहलाई पक्राउ गरेको हो ।

अहिले दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल समेत चलिरहेको छ । यसअघि कामतीले आफ्नो घर मिरब्याजी साहले बेचिदिएको भन्दै प्रशासनमा उजुरी दिएका थिए । उजुरी दिएको भन्दै मिटरब्याजी साहले कामतीमाथि आक्रमणको प्रयास गरेका थिए । यता साहले भने उक्त घर आफूले किनेको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७