सन्दीप लामिछानेलाई आठ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने


२५ पुष २०८०, बुधबार
sandeep lamichhane

काठमाडौं । नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

१३ पुसमा अदालतले उनलाई जबरजस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो । अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो । सोहीबमोजिम अदालतले उनलाई आठ वर्ष कैद सजाय तोकेको हो । १६ महिनाअघि आफ्नी ‘फ्यान’ लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई कसुरदार ठहर गरेको हो ।

पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको हो । उनलाई न्यूनतम सात वर्ष र बढीमा १० वर्ष कैद सजाय हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७