अमेरिका पठाइ दिन्छु भन्दै २४ लाख ठगी गर्ने महिला पक्राउ


२५ पुष २०८०, बुधबार
Benju Mahat 3

काठमाडौँ । अमेरिका पठाइ दिन्छु भन्दै झण्डै २४ लाख रुपैँया ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–६ बस्ने बेन्जु महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैँया ठगी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महतले अमरलाई अमेरिका जान ५० लाख रुपैयाँ लाग्छ, पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी ४ लाख तलब भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ । उनले पटक–पटक गरी २३ लाख ५० हजार रुपैँया लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । बेन्जुलाई काठमाडौँको बुढानिलकण्ठ ६ भंगाल चपलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७